'विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने सरकारी प्रयास'
धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास वर्तमान सरकारले गरिरहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा रहेको १५ शय्याको मण्डनदेउपुर आधारभूत अस्पताल भवनको आज शिलान्यास गर्दै मन्त्री बस्नेतले रकम अभावमा उपचार नपाएर विपन्न वर्गको ज्यान नजाओस् भन्ने उद्देश्यले उनीहरुका निम्ति निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकार क्रियाशील रहेको बताए ।
मन्त्री बस्नेतले आगामी ६ महिनाभित्रमा देशभरका अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी व्यवस्थापन गरिने बताए । अबको ६ महिनापछि स्वास्थ्य सेवा सहज बन्ने जानकारी दिए।
मन्त्री बस्नेतले भने, “जनशक्ति व्यवस्थापनसँगै आवश्यकताअनुसार उपकरणको पनि व्यवस्थापन गरिनेछ । गोदाममा उपकरणहरु थन्क्याउन पाइँदैन ।” उनले तत्कालका लागि ठूला उपकरणहरु खरिद नगर्ने, मझौला तथा साना उपकरणका लागि भने ठेक्का प्रक्रिया प्रारम्भ भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण