बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
गौशालामा गाईको पूजाआजा, तस्बिरमा हेर्नुहोस्
तिहार

गौशालामा गाईको पूजाआजा, तस्बिरमा हेर्नुहोस्

सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । तिहारको तेस्रो दिन सोमबार गाईको पूजाआजा गरिएको  छ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाउने गरिन्छ । 

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यसैबीच सोमबार पशुपतिको गौशाला धर्मशालामा पालिएका गाईको पुजाआजा गरिएको छ । 
तस्बिरहरु हेर्नुहोस्

368132491_883107043275013_5673581474149324943_n369572556_1386312105641879_748637923782184688_n370054569_1459806344593694_3334787189184931916_n370317944_873622287683073_7053763800980503016_n370336164_352596080620637_3629367582479474527_n370604486_244999321639440_2396589717315469520_n375020134_846172270587499_305296011458470370_n377149181_892185259136465_1861437664419787097_n385546823_267406082528692_1678456631628487480_n385546873_1092226551767794_5148488606232947409_n385551509_2052977365078805_7148189013663466241_n385551801_1405128853373987_8750178499854712183_n385557049_649652120409095_478304859358064427_n386449108_2006320873094306_5538800804256243478_n386833977_311046071880975_7360550823125959793_n386851106_699171558838169_6613607051576302052_n386853509_1097867538252920_6849303827346331339_n386877327_1075213036822028_4061685958517385805_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया