शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डेटिङमा जानुअघि टेन्सन हुन्छ ?

सोमबार, २७ कात्तिक २०८०, १५ : १८
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । डेटिङमा जानुअघि कसै कसैलाई निकै टेन्सन हुन्छ । नयाँ मान्छेलाई भेट्दा संकोच हुनु त सामान्यै भइहाल्यो । 

यस्तो बेलामा कसैलाई तनाव पनि हुन सक्छ । यो पनि सामान्य नै हो । तर कसै कसैलाई चाँहि डेटिङ भन्ने बित्तिकै डर र चिन्ताले छोप्छ । डरकै कारण सम्बन्ध सुरु गर्नुअघि नै डेटिङको प्लान नै क्यान्सिल गरिदउ सोच्न थाल्छन् ।

यस्तो महिला र पुरुष दुबैलाई हुनसक्छ । डेटिङको विषयमा अधिक तनाव लिँदा शरीरमा कयौँ नेगेटिभ रियाक्शन उत्पन्न हुन्छ । जस्तो: पसिना आउन थाल्छ, तपाई काम्न थाल्नु हुन्छ । मुटुको धड्कन तेज हुन थाल्छ । नकारात्मक विचारधारा आउँछन् ।

के कारणले गर्दा हुन्छ एङ््गजाइटी

डेटिङको जुनसुकै चरणमा एङ्जाइटी हुन सक्छ । अघिल्ला सम्बन्धहरुबाट पाएको चोट, आत्मविश्वास वा आत्मसम्मानको कमी, लजालु बानी, डिप्रेशन, अस्वीकृत हुने भय जस्ता कारणले पनि डेटिङमा जानु अघि चिन्ता उत्पन्न हुन सक्छ । डेटिङ सुरक्षित होला कि नहोला भन्ने चिन्ता, आफूलाई भएको कुनै रोग वा बिमारीप्रति लाज मान्नु वा डेटिङको अनुभवै नहुनु पनि यसका कारण हुन सक्छन् । लामो समयसम्म कुनै सम्बन्धमा रहेपछि फेरि डेटिङ सुरु गरेका व्यक्तिहरुलाई यस्तो चिन्ता धेरै हुनसक्छ ।

सन् २०२१ मा भएको एउटा अध्ययनमा डेटिङबारे चिन्ता गर्ने मानिसहरुमा अस्वीकृत हुने वा अर्को व्यक्तिलाई अस्वीकार गर्नुपर्ने होकि भन्ने डर हुने पाइएको छ । नयाँ मान्छेसँग घुलमिलमा समस्या भएकाहरुमा यस्तो समस्या बढी भेटिन्छ । पैसा, जागिर वा घरपरिवारमा कुनै समस्याले पनि व्यक्तिको मनोबल प्रभावित भएका हुनसक्छ ।

भयको व्यवस्थापन कसरी गर्ने ?

तपाईँलाई पनि डेटिङमा जानुअघि धेरै तनाव हुन्छ भने थेरापिष्टको मद्दत लिन सक्नु हुन्छ । आफ्नो डर वा भयको कारण के हो सोको चुरो खोज्नुस् । आफ्नो भावनालाई नियन्त्रणमा राख्नुस् । नकारात्मक विचारको भुमरीमा फस्नबाट बच्नुस् । ध्यान, योगा गर्नुस् अनि आफूसँग सकारात्मक भएर कुरा गर्नुस् । डेटिङ एङ्जाइटीको व्यवस्थापन गर्न सकिन्छ । एङ्जाइटीका कारणहरु खोजबिन गरेर यसले आफ्नो व्यक्तित्व र समग्र जीवनमा कसरी असर गरिरहेको छ भने पत्ता लगाउन सकिन्छ ।

डेटिङमा जानुअघि डेटिङको गोल र आवश्यकता निर्धारण गर्नुस् । ताकि डेटिङमा के अनुभव चाहिएको हो भने बुझ्न सकियोस् । सम्बन्धको प्रवृत्ति, कमजोरी र बलियो पक्षबारे इमानदार भएको मूल्यांकन गर्न सकिन्छ । डेटिङ समय कटाउनका लागि मात्रै हो कि जीवन बिताउनै हो भनेर सोच्नुस् । यसले स्वस्थ भावनात्मक र शारीरिक सीमा तय गर्न सघाउँछ ।

एक अर्कासँग खुलेर स्पष्ट भएर इमान्दारितापूर्वक कुरा गर्नुस् । एक अर्काको सम्मान गर्नुस् । आ–आफ्नो अपेक्षा र मापदन्डबारे दुबै वजना स्पष्ट रुपमा बोल्नुस् । सहज महसुस गर्नुस् । आफूलाई सहज महसुस हुने ठाउँमा डेट जानुस् । डेटिङ पार्टनरलाई खुलेर मनको कुरा बताउनुस् । आफ्नोबारे इमानदार भएर कुरा गर्नुस् । आफैलाई माया गर्नुस्, माफी दिनुस् अनि आफू जस्तो छ त्यस्तै स्वीकार पनि गर्नुस् । यति गर्दा पनि डेटिङसम्बन्धी भय मनबाट गएको छैनन् भने केही समय ब्रेक लिनुस् र आफूलाई सहज महसुस भएपछि मात्रै डेटिङ सुरु गर्नुस् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप