अमेरिका र दक्षिण कोरियाद्वारा संशोधित ‘अनुकूल प्रतिरोध रणनीतिमा’ हस्ताक्षर
सोल । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र धम्की सम्बन्धमा उनीहरूको संयुक्त प्रतिरोध रणनीति अद्यावधिक गरेका छन् । योन्हाप समाचार समितिका अनुसार ५५ औँ सल्लाहकार बैठक (एससिएम) का क्रममा दक्षिण कोरियाका रक्षामन्त्री सिन वोक–सिक र उनका अमेरिकी समकक्षी लोयड अस्टिनले ‘अनुकूल प्रतिरोध रणनीति (टिडिएस)’ को संशोधित दस्तावेजमा हस्ताक्षर गरे ।
दुवै देशले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र र आणविक खतरालाई अझ राम्रोसँग सामना गर्ने प्रयासअन्तर्गत सोमबार (स्थानीय समय) उनीहरूको वार्षिक सुरक्षा वर्ताका क्रममा उक्त निर्णयको घोषणा गरेका हुन् । उत्तर कोरियाको तेस्रो आणविक परीक्षणपछि सन् २०१३ मा गरिएको निर्णयपछिको यो तेस्रो संशोधन भएको योन्हापले जनाएको छ ।
उत्तर कोरियाले ६ वटा आणविक परीक्षण गरेको र आफ्नो सुरक्षाका लागि पूर्वनिर्धारित आणविक हमलाहरूको प्रयोग गर्ने अधिकार निहित गरेको सन्दर्भमा उसको बढ्दो आणविक र क्षेप्यास्त्र खतराहरूलाई अझ राम्रोसँग सामना गर्न अमेरिका र दक्षिण कोरियाले मुख्य सैन्य दस्तावेजलाई अद्यावधिक गर्नका लागि काम गरिरहेका छन् ।
योन्हापका अनुसार विदेशमन्त्री अस्टिनले दक्षिण कोरियाको सुरक्षाका लागि आणविकसहित आफ्ना सबै सैन्य क्षमताहरूको प्रयोग गर्नका लागि अमेरिकाको ‘विस्तारित प्रतिरोध’ को प्रतिबद्धतालाई दोहोर्याए । “दक्षिण कोरियाप्रति अमेरिकी विस्तारित प्रतिरोध प्रतिबद्धता दृढ बनेको छ, सँगै हामीले यो वर्ष यी सबै गठबन्धन प्राथमिकताहरूमा असाधारण प्रगति जारी राखेका छौँ, साथै जापानसहित एउटै विचारधारा भएका मुलुकहरू पहिलाभन्दा अझ धेरै निकट रहेर काम गर्न चाहेका छौँ”, हस्ताक्षर कार्यक्रममा उनले भने ।
यसैबीच दक्षिण कोरियाली विदेशमन्त्री सिनले सन् २०२३ मा दक्षिण कोरियामा अमेरिकाको रणनीतिक सम्पत्तिहरूको बढ्दो परिचालनले वासिङ्टनको विस्तारित प्रतिरोध प्रतिबद्धताको विश्वसनीयता बढेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण