शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्छ : शेखर कोइराला

सोमबार, २७ कात्तिक २०८०, २० : ४१
सोमबार, २७ कात्तिक २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् ।

नेता कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन् । उनले भनेका छन्, 'व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ । यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु ।'

साथै उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरण: गराउन चाहेको पनि उल्लेख गरेका छन् ।

सरकारले सोमबार टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

s

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप