मेस्सीविरुद्ध विश्वकप छनोट खेल्न टोलीमा फर्किए लुइस स्वारेज
काठमाडौँ । सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको छनोट खेल खेल्न उरुग्वेका प्रभावशाली स्ट्राइकर लुइस स्वारेज राष्ट्रिय टोलीमा फर्किएका छन् । उरुग्वेले एक साताभित्र दुईवटा विश्वकप छनोट खेल खेल्ने तालिका रहेको छ ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा नेपाली सयमअनुशार, शुक्रबार विहान उरुग्वेले लियोनल मेस्सीको राष्ट्र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । त्यो खेल अर्जेन्टिनाको घरेलु मैदानमा खेलिने छ । अर्जेन्टिना विश्वकप विजेता राष्ट्र पनि हो ।
त्यसको पाँच दिनपछि उरुग्वेले घरेलु मैदानमा बोलिभियाको सामना गर्नेछ । ३६ वर्षीय स्वारेज हाल ग्रेमियोबाट ब्राजिलियन लिग खेल्छन् । उनी ब्राजिलियन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमध्येका एक हुन् । यही वर्ष ग्रेमियोमा आबद्ध भएका स्वारेजले ब्राजिलियन लिगको २९ खेलमा १४ गोल गरिसकेका छन् ।
कुनै समय मेस्सी र स्वारेज दुबै स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट एकसाथ फुटबल खेल्थे । दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा हालसम्म सहभागी १० वटै राष्ट्रले चार—चार खेल खेलिसकेका छन् । चारवटै खेलमा सफलता हात पारेको अर्जेन्टिना १२ अंकसहित तालिकाको पहिलो स्थानमा छ ।
दुई जित, एक बराबरी र एक हारबाट सात अंक बटुलेको उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । सात—सात अंकसहित ब्राजिल तेस्रो र भेनेजुएला चौथो स्थानमा आसिन छन् । ६ अंकसहित कोलम्बिया पाँचौँ स्थानमा छ ।
यसैगरी चार अंक जोडेको इक्वेडर छैठौँ, समान अंकसहित पाराग्वे सातौँ र चिली आठौँ स्थानमा आसिन छन् । नवौँ स्थानमा रहेको पेरुले भने हालसम्म एक अंकमात्र बटुल्न सकेको छ । चारवटै खेलमा पराजित भएको बोलिभिया दशौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण