भाइटीकाको दक्षिणा सिधै दिदीबहिनीको खातामा पठाउन राष्ट्र बैंकको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।
यसै नीति अनुरूप केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जाने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।
‘तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरुप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौँ’ केन्द्रीय बैंकले जारी गरेको वित्तीय चेतनामूलक सूचनामा भनिएको छ ।
यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि नहुने बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण