काठमाडौँको भिन्तुना र्यालीमा दराजको झण्डा भेट्टाउने प्रतियोगिता
काठमाडौँ । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवतको अवसरमा काठमाडौँ उपत्यकामा आयोजित र्यालीमा धुमधामसँग सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनक थपेको आयोजकहरु भन्छन् ।
कार्यक्रममा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरुले बोकेको झण्डासम्ममा दराजको लोगो र नाम राखिएको थियो । दराजका पदाधिकारीहरूले पनि सहभागिता जनाएका उक्त र्यालीमा विभिन्न कलाकार, अभियन्ता तथा नेताहरुको उपस्थिति पनि रहेको थियो ।
र्यालीमा उपस्थित दराजका साझेदारी प्रबन्धक, अमूल वैद्य भन्छन्, “हरेक वर्ष मनाइने न्यूँदया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति हो । यस्तो राष्ट्रिय संस्कृतिसँग जोडिन पाउँदा हामी एकदमै खुसी छौँ र आगामी वर्षहरुमा पनि यस्तै सहकार्य गर्ने अपेक्षा राखेका छौँ । दराजको ११.११ सेल चलिरहेको समयमा, यो र्यालीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योगदान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ ।”
र्यालीको लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग ’ नामक प्रतियोगिताको घोषणा गरेको थियो । र्यालीमा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केहि भाग्यशाली विजेताहरुले पाँच सयसम्मको डिस्काउण्ट भाउचर पाउने छन् । यो प्रतियोगिताको विजेता घोषणा मंसिर १ गते शुक्रबार हुनेछ ।
कार्तिक २५ गतेदेखि चलेको दराज ११.११ सेल मंसिर ६ गतेसम्म चल्ने जनाइएको छ ।
यसमा ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन र मनोरञ्जन जस्ता विभिन्न दश लाखभन्दा धेरै प्रोडक्टहरुमा ७ करोडसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
यो सेलमा मेगा भाउचरमा रु १०,००० सम्मको छुट, मेगा डिलस्मा ८०५ सम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरुले सिजि ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ । साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५५ अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ अधिकतम रु २५०० को छुट प्राप्त गर्ने जनाइएको छ ।
नेपालका प्रख्यात बैंकहरुले पनि दराजको ११ः११ सेलमा साझेदारी गरेका छन् । नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक, कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, र ग्लोबल आइएमई बैंकहरु यो वर्षको ११ः११ सेलसँग आबद्ध भएका छन् ।
छुटको फाइदा लिनको लागि आजै दराजबाट सामान खरिद गर्नुपर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण