पोखरामा खुर्पाले हानेर बाबुको हत्या, पाल्पाबाट समातिए छोरा
बुधबार, २९ कात्तिक २०८०, १४ : ०३

पोखरा । पोखरा १७ बिरौटामा छोराले खुर्पाले हानेर बाबुको हत्या गरेका छन् । गोधुली संसार पथका रविन क्षेत्रीले ५२ वर्षका बाबु रामु क्षेत्रीको हत्या गरेका हुन् ।
रविनलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ । खुर्पाले हानेर घाइते भएका रामुको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाबुको मृत्यु भएपछि प्रहरीले रविनको हुलिया सार्वजनिक गरेको थियो । सोही सूचना हेरेर पाल्पा प्रहरीले प्रभासबाट ग२०प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनलाई पोखरा ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका भारत र पाकिस्तान जुध्नु हुँदैन