वर्ल्डलिङ्कलाई अन्तर्राष्ट्रियस्तरको ‘डिजिटल ट्रान्सफर्मेसन अवार्ड’
काठमाडौँ। देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाउन सफल भएको छ । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ) ले मङ्गलवार दक्षिण कोरियाको सियोलमा आयोजित एक विशेष कार्यक्रम माझ कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए । कर्णाली लगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्त्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो ।
एसोसिओमा न्युजिल्यान्ड, जापान, अस्ट्रेलिया, भारत, सिङ्गापुर, चीन नेपाल लगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका सङ्घसंस्था सदस्यको रूपमा रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकहरुलाई प्रदान गरिंदै आएको छ । वर्ल्डलिङ्कले यसअघि सन् २०१८ मा समेत एसोसियोको इन्टरनेसनल आउटस्ट्यान्डिङ युजर अर्गनाइजेसन अवार्ड बाट सम्मानित भइसकेको छ ।
सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वर्ल्डलिङ्क बजारमा आएको थियो । शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट बञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको छ ।
देशका आठ लखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वर्ल्डलिङ्कको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ । नेपालको इन्टरनेट सेवामा मेरुण्डको रुपमा स्थापित भएको वर्ल्डलिङ्कले नेपालको डिजिटल रूपान्तरणमा आफूलाई अग्र स्थानमा उभ्याउन समेत सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण