नयाँ वर्षमा कट्रिना र विजयको ‘मेरी क्रिसमस’

मुम्बई । अभिनेत्री कट्रिना कैफ पछिल्लो समय फिल्म ‘टाइगर ३’ को कारण चर्चामा छिन् । केही दिनअगाडि रिलिज भएको फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको छ ।
‘टाइगर ३’ को अलावा उनको फिल्म ‘मेरी क्रिसमस’ पनि चर्चामा छ । यो फिल्ममा उनी विजय सेतुपतिको जोडीको रूपमा देखिँदै छिन् ।
फिल्मको अहिले रिलिज मिति परिवर्तन भएको खबर बाहिरिएको छ । फिल्मको रिलिज डेट १५ डिसेम्बरबाट सरेर नयाँ वर्षमा पुगेको छ । फिल्म अव १२ जनवरी २०२४ मा प्रदर्शन हुनेछ । फिल्मको रिलिज मिति परिवर्तन भएको यो दोस्रो पटक हो ।
यस अगाडि फिल्म १५ डिसेम्बरबाट सरेर ८ मा पुगेको थियो । कट्रिनाको अभिनय रहेको फिल्म ‘योद्धा’ १५ डिसेम्बरमा आउन लागेको कारण यो फिल्म ८ डिसेम्बरमा सारिएको थियो । अहिले निर्माण युनिटले यो मितिबाट पनि सारेर नयाँ वर्ष पुर्याएको छ ।
‘मेरी क्रिसमस’मा कट्रीना र विजय पहिलोपटक एकसाथ देखिन लागेका हुन् । विजय यसअगाडि शाहरुखको फिल्म ‘जवान’ भिलेनको रूपमा समेत देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा राइड शेयरिङले पायो कानुनी मान्यता, नियमावली मन्त्रिपरिषद्बाट पारित
-
जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल
-
दिल्लीको सडकमा लोकदोहोरी घन्काएर मःम बेच्दै मदन
-
महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै
-
६० वर्षमा पनि जवान देखिन चाहनुहुन्छ ? पिउनुस् यी चिज
-
कर्णालीका मन्त्रीहरूलाई एनजीओ र आईएनजीओको ‘भात’ किन यति प्यारो ?