शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
बैंक

उपत्यकाका वाणिज्य बैंकका अधिकांश एटीएम ‘आउट अफ सर्भिस’

बिहीबार, ३० कात्तिक २०८०, १३ : १७
बिहीबार, ३० कात्तिक २०८०

काठमाडौं । उपत्यकामा अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’ रहेको पाइएको छ । चाडबाडमा धेरै कारोबार हुने समयमा वाणिज्य बैंकहरूले सञ्चालन गरेको एटीएम बुथमा रकम नै नरहेको पाइएको हो ।

नेपाल सरकार र केन्द्रीय बैंक लगायत स्वयं वाणिज्य बैंकले समेत बैंकमा कम आउन सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । यसका लागि एटीएम र मोबाइल बैंकिङको प्रयोग गर्न सेवाग्राहीलाई प्रोत्साहन गर्ने नीति बैंकहरूको छ ।

तर, सबैभन्दा धेरै रकम खर्च हुने समयमा अधिकांश एटीएमका बुथहरू खाली रहेको पाइएको हो । यो समयमा वाणिज्य बैंकहरूको कार्यालय समेत खुल्दैन । दसैँ र तिहारको समयमा सबैभन्दा धेरै कारोबार गर्ने नेपालीको प्रचलन छ । यही समयमा वाणिज्य बैंकहरूको बुथमा राखिएको रकम खाली भएपछि थप रकम नराख्दा ‘आउट अफ सर्भिस’ भएका हुन् ।

रातोपाटीले गरेको निरीक्षणका क्रममा उपत्यकाका अधिकांश वाणिज्य बैंकको एटीएम बुथ खाली भएर ‘आउट अफ सर्भिस’ भएका छन् । पुतलीसडकमा रहेको एनआईएमबी बैंकको एटीएम बुथ २९ गते नै आउट अफ सर्भिस थियो । यसबाहेक, आज एनआईसी एसिया बैंकको एलआरआई स्कुल कलङ्की, ओम साइबाबा हस्पिटल, नर्सरी चोक, खरिबोटमा समेत सेवा उपलब्ध छैन ।

यसबाहेक सिद्धार्थ बैंकको नर्सरी चोक कलङ्की, ग्लोबल आईएमई बैंकको वनस्थली र खरिबोटका एटीएम बुथमा रकम छैन । यस्तै, प्रभु बैंकको ढुंगेधारा र बालाजु चोकमा रहेका एटीएम बुथमा आवश्यक रकम छैन । बैंकहरूले सञ्चालन गर्ने एटीएम बुथमा एक पटकमा १५ देखि १६ लाख रुपैयाँ रकम हुन्छ ।

तिहार अघि राखेको रकम सकिएकाले एटीएम बुथ आउट अफ सर्भिस भएको हुन सक्ने नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बताउँछन् । उनका अनुसार तिहारको समयमा धेरै रकम झिकिने भएकाले बुथ खाली भएका हुन सक्छन् । तर, बैंकहरूले बुथमा थप रकम राख्न नपाउँदा यस्तो समस्या आएको हुन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप