रुपन्देहीको तिलोत्तमा विश्वभरका नगरपालिकाहरूको संस्था सिटीनेटको सदस्य
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विश्वभरका नगरपालिकाहरूको संस्था (सिटीनेट ) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरू बिच आपसी सहयोग र सहकार्यमा जोड दिने मञ्चको रूपमा रहेको उक्त संस्थामा तिलोत्तमा नगरपालिकाले प्रवेश पाएको हो ।
दक्षिण कोरियाको सियोलमा सचिवालय रहेको यस संस्थाको कार्यसमितिमा सर्वसम्मत रूपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको तिलोत्तमा नगरपालिका मेयर रामकृष्ण खाँणले बताए । विश्वभरका नगरपालिकाहरू सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आविद्धतासँगै तिलोत्तमाले विकासमा थप एक खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।
सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने जनाएको छ । यस्तै सिटीनेटसँग आबद्ध भएका नगर र सङ्घसंस्थाबिच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण