शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
काठमाडौँमा यस्तो छ छठको तयारी, तस्बिरहरु
छठ पर्व

काठमाडौँमा यस्तो छ छठको तयारी, तस्बिरहरु

बिहीबार, ३० कात्तिक २०८०

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । 

तराइमा मात्र नभई काठमाडौँ उपत्यकाका नदी किनार र पोखरीमा छठ पर्वको तयारी गरिएको हो ।

पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ । गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागि बाँस गाड्ने, घाट सजावटलगायत काम सुरु गरेको हो ।

त्यस्तै करिब ९ वर्षदेखि कमलपोखरीमा पनि छठको पूजा गर्ने गरिन्छ । कमलपोखरीमा स्थानीयकै पहलमा हरेक वर्ष छठको पूजा गरिँदै आएको व्यवस्थापन समितिले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया