शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङका दुई फिल्म युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

बिहीबार, ३० कात्तिक २०८०, १६ : ३२
बिहीबार, ३० कात्तिक २०८०

 काठमाडौँ । पछिल्लो समय सबैभन्दा व्यस्त अभिनेताको नाम लिनुपर्दा दयाहाङ राई अग्रपंत्तीमा आउँछन् । 

उनको एकपछि अर्को फिल्मको सुटिङ चलिरहेको छ । फिल्म ‘अञ्जली’ र ‘डिग्रि माइला’ यतिबेला छायांकनरत फिल्म हुन् । यी दुबै फिल्ममा दयाहाङको मुख्य भूमिका रहनेछ ।

यो वर्ष दयाहाङका तीन फिल्म हिट भइसकेका छन् । फिल्म हुन् ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ । लगातार तीन फिल्म हिट हुनुले पनि उनको व्यस्तता बढेको हो ।

हलपछि दयाहाङको अब युट्युबमा पनि दबदबा देखिएको छ । यतिबेला दयाहाङका ४ फिल्म ‘के घर के डेरा’, ‘बिहे पास’, ‘कबड्डी ४’ र ‘फूलबारी’ युट्युबको नेपाल ट्रेन्डिङमा छन् । तीमध्ये दुई फिल्म ‘के घर के डेरा’ र ‘बिहे पास’ युट्युबका शीर्ष स्थानमै छन् ।

दयाहाङ अभिनीत फिल्म ‘के घर के डेरा’ अहिले युट्युबको नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा छ । ४ दिन अगाडि सार्वजनिक फिल्मले समाचार तयार गर्दासम्म ३२ लाखभन्दा बढी भिउज पाएको छ । फिल्ममा दयाहाङको अलवा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत लगायतको अभिनय छ । 

त्यस्तै युट्युबको नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा रहेको फिल्म हो ‘बिहे पास’ । ४ दिन अगाडि नै सार्वजनिक भएको फिल्मले समाचार तयार गर्दासम्म २९ लाख बढी भिउज पाएको छ । फिल्ममा दयाहाङको अलवा प्रकृति श्रेष्ठ, बुद्धी तामाङ लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप