रुसले अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने
मस्को । रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ।
रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ । वाशिङ्गटनको ‘रुसोफोबिक’ (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका कारण सम्बन्ध विच्छेदन हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
‘यो रुसको छनोट होइन, यद्यपि, संयुक्त राज्य अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ.... र यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ । वाशिङ्गटनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रूसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ।
अमेरिकी आधिपत्य र प्रभुत्वलाई ‘आधारभूत विश्वदृष्टिकोण’ मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्यािएको रुसको बुझाइ छ । ‘संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थीर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा मोहन वैद्य सर्वसम्मत निर्वाचित
-
पुसदेखि पोखरा महानगर करारमुक्त हुने, ओ एन्ड एम गर्ने सहमतिपछि नगरसभा स्थगित
-
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गर्यो ११७ सदस्यीय नयाँ केन्द्रीय समिति
-
अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता
-
सुध्रिएन अर्थतन्त्रको अवस्था
-
बर्सेनि ३ लाख मेट्रिक टन दाल बाली उत्पादन