रामपुरका अग्निपीडितलाई रेडक्रस र स्थानीय तहको सहयोग
काठमाडौँ । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ रामपुरका अग्निपीडितलाई नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखा र स्थानीय तहले राहत सामग्री प्रदान गरेका छन् ।
यही कात्तिक २७ गते बेलुका भएको आगलागीमा रामपुर तल्लोटारका दुई परिवारमा भौतिक क्षति भएको थियो । स्थानीय एकबहादुर तोलाङ्गी र उनका भाई मीनबहादुर तोलाङ्गीको घरमा आगो लागेको थियो । तिहारमा बालिएको मैनबत्तीबाट आगो सल्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईका अनुसार आगलागीमा अन्नपात, भाँडाकुँडा जलेको थियो । उनका अनुसार सो घटनामा करिब रु १६ लाख ५० हजार बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
यसैबीच, नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा जिल्ला शाखाका अध्यक्ष नारायण दाहालको टोलीले आग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ । घटनाको भोलिपल्ट नै दुवै पीडित परिवारलाई रेडक्रस जिल्ला शाखाले त्रिपाल, कम्बल, सुती तथा बुट्टे कपडा, बाल्टी, डोरी र ‘डिग्निटी किट’ प्रदान गरेको थियो ।
मोलुङ गाउँपालिका कार्यालयका सूचना अधिकारी सन्तोष गौतमले पालिकाले पनि राहत सामग्री प्रदान गरेको जानकारी दिए । पालिकाका तर्फबाट पीडित तोलाङ्गी परिवारलाई एक–एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र कम्बल पनि वितरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण