पोखरामा सुरु भयो कर सप्ताह, कर तिर्न जानेलाई फूलमाला
शुक्रबार, ०१ मङ्सिर २०८०, १७ : २५
पोखरा । पोखरामा आजदेखि कर सप्ताह सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन लागेको हो ।
पहिलो दिन शुक्रबार पहिलो सेवाग्राही नलबहादुर गुरुङलाई सम्मान गरिएको छ । उनलाई फूलमाला लगाएर सम्मान गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरू तत्पर रहेको बताए ।
कार्यालयले करदाता शिक्षा, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानुनको बारेमा करदातालाई सुसूचित गर्ने कार्यक्रम राखेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण