दक्षिण एसियाली कराँते च्याम्पियनसिप हुँदै
काठमाडौँ । सातौँ दक्षिण एशियाली कराँते च्याम्पियनसिप आगामी मंसिर तेस्रो सातादेखि सुरु हुने भएको छ ।
नेपाल कराँते महासंघको आयोजनामा आगामी मंसिर १६ गतेदेखि ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने दक्षिण एशिया कराँते च्याम्पियनसिप हुन लागेको हो ।
यस किसिमको च्याम्पियनसिप २५ वर्षपछि आयोजना गर्न लागेकाले यो आयोजनाबाट नेपाली करातेको गरिमा अझ बढाउने आयोजकको विश्वास छ । महासंघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै च्याम्पियनसिपबारे जानकारी दिएको हो । नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तान र श्रीलंकाले दुईदिने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिए ।
च्याम्पियनसिपमा क्याडेट, जुनियर, यु–२१ र सिनियरमा गरी चार विधामा कुल तीन सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महासंघका महासचिव दावा गुरुङले कुल ६२ स्वर्णका लागि प्रतिस्पर्धा हुने जानकारी दिए । यस क्रममा क्याडेटमा १२, जुनियरमा १५, यु–२१ मा १६ र सिनियरमा १९ स्पर्धामा खेल हुनेछ । नेपालबाट भने ६८ खेलाडीले सबै स्पर्धामा चुनौती प्रस्तुत गर्ने भएका छन् ।
नेपाली खेलाडीको प्रशिक्षणका लागि ६ प्रशिक्षक र दुई व्यवस्थापकको व्यवस्था गरिएको छ । गोकर्णेश्वरस्थित शंखडोल कराँते एकेडेमीमा कुमुते टोली र बौद्ध डोजामा काता टोलीले तयारी गरिरहेका छन् ।
महासंघका अध्यक्ष लामाले प्राविधिक रूपमा यो प्रतियोगिता आयोजना गर्नुपर्ने बंगलादेशले प्रस्ताव नै नगरेकाले नेपालले आयोजनाका लागि पस्ताव गरेकोमा एशियाली कराँते महासंघ(एकेएफ) ले स्वीकृति दिएको जानकारी दिए । एकेएफ र राखेपबाट स्वीकृति पाएको प्रतियोगितालाई विश्व कराँते महासंघ(डब्लुकेएफ) र नेपाल ओलम्पिक कमिटीले पनि मान्यता दिएको कराँते महासंघले जनाएको छ ।
च्याम्पियनसिपका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा हुनेछ । आयोजकले प्रतियोगिता सञ्चालन गर्न करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतियोगिताअघि मंसिर १२ गतेदेखि एकेएफ रेफ्री सेमिनार सातदोबाटोस्थित कराँते एकेडेमी हलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण