नेपालीलाई योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग सांसद पौडेलको आग्रह
काठमाडौँ । सांसद एवं नेपाली कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् ।
नेपाल र दक्षिण कोरियाबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठमा कोरिया नेपाल पार्लियामेंट्री कमिटीद्वारा शुक्रबार कोरियाको राजधानी सिओलस्थित नेशनल एसेम्ली हाउसमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो आग्रह गरेका हुन् ।
उनले कोरियामा काम गर्ने नेपालीहरु काम गर्न आएको समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गरे ।
पौडेलले नेपाल र कोरियाबिच कनेक्टिभिटी बढाउने र दुवै देशका बीचमा सिधा हवाई उडानहरू स्वीकृति प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । सीधा उडान भए सांस्कृतिक, व्यापारिक र पर्यटनको आदानप्रदान बढ्ने र यात्राको सहजताले उद्यमीहरू र लगानीकर्ताहरूलाई आर्थिक वृद्धि र विविधीकरणमा योगदान गर्दै एक अर्काको देशमा अवसरहरू अन्वेषण गर्न सहयोग पुग्ने पौडेलले उल्लेख गरे ।
सांसद पौडेलले गत कात्तिक १७ गते राति जाजरकोटको केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न दक्षिण कोरिया सरकार र कोरियामा रहेका नेपालीहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण