सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सांसद लक्ष्मण किशोर चौधरीको उपचारमा आर्थिक समस्या

शनिबार, ०२ मङ्सिर २०८०, ०९ : १४
शनिबार, ०२ मङ्सिर २०८०

धनगढी । फोक्सोमा सङ्क्रमण भई काठमाडौँमा उपचाररत सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीको उपचारमा समस्या भएको छ ।

काठमाडौँको सिनामंगलस्थित केएमसी  टिचिङ अस्पतालमा उपचाररत चौधरीको उपचारमा आर्थिक समस्या भएको परिवारजनले बताएका छन् ।

प्रदेश सभा सदस्य चौधरीकी पत्नी सरस्वती चौधरीले भनिन्, ‘उपचार जारी छ । केही दिनदेखि आइसियुमा उपचार भइरहेको छ । औषधी जारी छ । ल्याएको पैसा सकायौ । आर्थिक समस्याले सताउन थालेको छ ।’

प्रदेश सभा सदस्य चौधरीकी धर्मपत्नी सरस्वती चौधरीले प्रदेश सभा सदस्य चौधरीको नियमित स्वास्थ्य जाँचको क्रममा कार्तिक अन्तिम साता भक्तपुरको सल्लाघारीस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र पुगेका थिए । त्यसै क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई केएमसी  टिचिङ अस्पताल रेफर गरिएको थियो । 

फोक्सोमा जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार थालिएको हो ।  उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप