अब दैनिक इन्धनका दुई ट्रक गाजामा पठाइने, अमेरिकाले भन्यो– हामीले दबाब सिर्जना गर्यौँ

गाजा । इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धनका ट्रकहरू प्रवेश गर्न दिने बताएको छ। अमेरिकाको दबाबपछि इजरायलले यो निर्णय गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १ लाख ४० हजार लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्। यो इन्धन संयुक्त राष्ट्र संघद्वारा सञ्चालित सहायता ट्रक र राहत कार्यमा प्रयोग गरिनेछ। बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ । इन्धन अभावका कारण यी सेवाहरु ठप्प छन् ।
प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने बताएको छ ।
इजरायलले पाँच साताअघि हमाससँगको युद्ध सुरु भएयता एउटा मात्र इन्धन ट्रकको डेलिभरी गरेको छ। राष्ट्रसंघले ब्ल्याकआउटका कारण मानवीय सहायता कार्य अवरुद्ध भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ