एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै
काठमाडौँ । आज नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ । दिउँसो पार्टी कार्यालय च्यासलमा संयन्त्रको बस्ने भएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार बैठकमा तीनवटा एजेन्डामा छलफल हुनेछ । ढकालका अनुसार बैठकमा पछिल्लो राजनीतिक गतिविधिका बारेमा अध्यक्ष र महासचिवले धारणा राखेपछि भूकम्पपछि खटिएका स्वयंसेवक, मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा र युवासंघको आयोजनामा हुने मङ्सिर ७ गतेको कार्यक्रमबारे छलफलको एजेन्डा तय भएको छ ।
एमाले निकट राष्ट्रिय युवा संघले आगामी मङ्सिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ भने सोही दिन मेडिकल व्यवसायी दुर्गा प्रसाईँले पनि सोही दिन कार्यक्रम राखेका छन् । त्यस्तै एमाले जनसंगठनले पश्चिमको भूकम्प प्रभावित जिल्लामा एक हजार स्वयंसेवक खटाएर अस्थायी आवास निर्माण गर्न निर्णय यसअघि नै गरिसकेको छ ।
त्यसमध्ये जिफन्ट मातहतका एक सय स्वयंसेवक जाजरकोट पुगेर मङ्सिर १ बाट काम थालिसकेका छन् । त्यस्तै एमालेले आगामी मङ्सिर १४ बाट सुरु गर्ने पुष्पलाल लोकमार्गको झुलाघाट–चिवाभञ्जयाङ यात्राका बारेमा समेत जनसंगठनको उपस्थितिका बारेमा संयन्त्रको बैठकमा छलफल हुनेछ । यसअघि संयन्त्रको बैठक गत असारमा बसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
-
गगने खोलामा सडक पुनः अवरूद्ध
-
थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण