विश्वकप फाइनल: अस्ट्रेलियाको नजर मोहम्मद शमीमाथि, कप्तान कमिन्सले के भने ?
अहमदाबाद । विश्वकपको फाइनलअघि अस्ट्रेलियाली टोलीको नजर भारतीय टोलीका एक विशेष खेलाडीमा हुनेछ । यी हुन् भारतका फास्ट बलर मोहम्मद शमी ।
उनी विश्वकपका सबैभन्दा सफल बलर हुन् र उनले अहिलेसम्म ६ खेलमा २३ विकेट लिएका छन् । न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेलमा शमीले एक्लै सात विकेट लिएर विपक्षी टोलीको ब्याटिङ क्रम ध्वस्त पारेका थिए ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले खेलअघि भारतीय टोलीबारे चर्चा गर्दा शमीको नाम विशेष रूपमा उल्लेख गरे । प्याट कमिन्सले भने, ‘उनीहरू (भारतीय टोली) हरेक विभागमा राम्रो छन्, तर एक खेलाडी, जो प्रतियोगिताको सुरुमा खेलिरहेका थिएनन्, पछि वास्तवमै राम्रो प्रदर्शन गरे।’कमिन्सले थपे, ‘मोहम्मद शमी क्लास बलर हुन् । उनले बायाँ र दायाँ हाते दुवै ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन्। हामीले उनी विरुद्ध धेरै खेलेका छौँ र अस्ट्रेलियाका ब्याट्सम्यानहरूले त्यस्ता अवसरहरू सम्झन्छन् जब हामीले उनीविरुद्ध राम्रो प्रदर्शन गरेका छौँ।’
भारतले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्धको खेलबाट विश्वकप अभियान सुरु गरेको थियो । मोहम्मद शमी उक्त खेलमा सहभागी भएनन् ।
तर, विश्वकपअघि शमीले अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज खेलेका थिए । २२ सेप्टेम्बरमा मोहालीमा भएको खेलमा शमीले अस्ट्रेलियाका पाँच ब्याट्सम्यानलाई आउट गरेका थिए । हालको विश्वकपमा शामीले तीन खेलमा पाँच वा सोभन्दा बढी विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण