आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्बन्ध मजबुत बनाउन चाहनु हुन्छ ? पार्टनरको कुरा पनि सुन्नुस्

आइतबार, ०३ मङ्सिर २०८०, १० : ५३
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । कुनै पनि सम्बन्ध बलियो बनाउन एक अर्काको कुरा सुन्न, एक अर्कालाई बुझ्न जरुरी छ । प्रायः सबै जना आफ्ना कुरा अरुले सुनोस् भन्ने चाहन्छन् । तर आफूले पनि अरुको कुरा सुनौँ वा सुन्नुपर्छ भन्नेतिर भने धेरैले ध्यानै दिँदैनन् । यस्तो गर्दा सम्बन्धमा दरार आउन सक्छ । जिन्दगी वा सम्बन्धको विषय आफ्नो राय के छ ? एक अर्काको कुरा सुन्नु र बुझ्नु जरुरी छ । पार्टनरले तपाईँलाई केही भन्न खोजिरहेको छ वा भन्न चाहिरहेको छ भने सकारात्मक रूपमा रिएक्ट गरेर सोही अनुरूप प्रतिक्रिया दिनुस् । हेल्थी रिलेशनशिप बनाउन अर्को व्यक्तिको कुरा सुन्नु पनि महत्त्वपूर्ण स्किल हो ।

पार्टनरको कुरामा कसरी दिने अटेन्शन ?

पार्टनरको कुरा ध्यानसँग सुन्नुस्:

सम्बन्धलाई बलियो बनाउने हो भने उत्तम श्रोता पनि हुनु पर्छ । तपाईँले आफ्नो पार्टनरको कुरालाई ध्यान दिएर सुन्नु भयो भने सम्बन्ध बलियो बन्छ । पार्टनर बोलिरहँदा आँखामा हेरेर उसको कुरा सुनिरहनुस् । उसले भनेका कुराहरू सुन्ने अनि बुझ्ने कोसिस गर्नुस् । तपाईँले पनि उसको कुरालाई ध्यान दिएर सुनिरहनु भएको छ भन्ने महसुस गराउन सोही अनुरूप रेस्पोन्स गरिरहनुस् ।

भावना बुझ्नुस्:

पार्टनर तपाईसँग कुरा गरिरहेको छ भने उसका शब्द, भावना सुन्नुको साथसाथै सम्झने कोसिस पनि गर्नुस् । सहमति वा विमति के छ खुलेर भन्नुस् । उसको कुरा सुनेर आफूलाई पीडा वा खुसी कस्तो अनुभव भयो बताउनुस् ।

आलोचना नगर्नुस्ः

पार्टनरले तपाईँलाई केही कुरा भनिरहेको छ भने उसको आलोचना नगर्नुस् । समस्या समाधान गर्न सल्लाह दिने कोसिस त झन् नगर्नुस् । तपाईँको भूमिका सहानुभूतिपूर्ण र सहायता गर्ने खालको हुनु पर्छ । यसले तपाईँहरूबिच कटुता आउँदैन । सम्बन्ध पनि सुमधुर बनिरहन्छ ।

पार्टनर आफूसँग कुरा गरिरहेको बेलामा ध्यान भट्काउनबाट सकेसम्म बच्नुस् । कुरा गरिरहेको बेलामा बिच बिचमा कुरा काट्ने वा आलोचना गर्ने काम फिटिक्कै नगर्नुस् । पार्टनरले आफूले भन्न मन लागेका कुरा सबै भनिसकेपछि मात्रै आफ्नो प्रतिक्रिया दिनुस् । बिचमै टोक्दा पार्टनरलाई रिस उठ्न सक्छ वा आफूलाई अवहेलना गरेको महसुस हुन सक्छ । त्यसैले अर्को व्यक्तिले कुरा गरिरहँदा ध्यान पूर्वक सुन्ने कोसिस गर्नुस् ।

पूरै ध्यान दिनुस्:

आफूले राम्रोसँग कुरा सुनिरहेको छु, बुझिरहेको छु भन्ने महसुस गराउनुस् । सुन्ने कौशल विकास गर्दा सञ्चार पनि राम्रो हुन्छ । अन्तरङ्ग र सम्बन्ध बलियो बनाउन यो उत्तम तरिका पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप