बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

देउसीभैलोबाट सङ्कलित रकम पुस्तकालयलाई सहयोग

आइतबार, ०३ मङ्सिर २०८०, २० : १५
आइतबार, ०३ मङ्सिर २०८०

सिमकोट । काठमाडौँमा अध्ययन गर्दै आएका हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेका विद्यार्थीले यस वर्ष देउसीभैलोबाट सङ्कलित रकमबाट स्थानीय रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका छन् । 

ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको देउसीभैलोबाट सङ्कलित रु ५५ हजारबाट सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिने क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिए । 

देउसीभैलोबाट सङ्कलित रकममार्फत सामाजिक काममा पनि लगानी तथा सहयोग गर्ने प्रचलन बढ्दै गएको छ । अध्यक्ष भण्डारीले शिक्षक र विद्यार्थी दुवैका लागि उपयोग हुने गरी सहयोग गर्न लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप