बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या बढ्दै

सोमबार, ०४ मङ्सिर २०८०, ०५ : ४३
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । पछिल्ला वर्षमा मधुमेह लागेसँगै आँखाको दृष्टि गुम्नेको संख्या पनि बढ्दै गएको छ । मधुमेहका बिरामीको आँखाको पर्ने असरबारे सन् २०२० मा गरिएको अध्ययन प्रतिवेदन अनुसार १९.४ प्रतिशत मधुमेहका बिरामीको आँखामा पनि असर परेको पाइएको हो ।

तीमध्ये ५० प्रतिशतमा गम्भीर असर परेको पाइएको छ। मुलुकका मुख्य आँखा अस्पताल पुगेका बिरामीमा गरिएको अध्ययनबाट यस्तो तथ्यांक आएको हो । नेपाल अन्धोपना सर्वेक्षण १९८५ अनुसार मुलुकमा विभिन्न कारणले आँखाको दृष्टि गुम्नेको संख्या तीन प्रतिशत थियो भने सन् २०११ मा यो संख्या बढेर नौ प्रतिशत पुगेको छ ।

नेपालमा अन्धोपनाको संख्या बढ्नुका पछाडि मधुमेह मुख्य कारण भएको तिलगंगा आँखा अस्पतालकी आँखाको पर्दा विशेषज्ञ डा. एली प्रधान बताउँछिन् । 'उपचारको सहजता र चेतनाका कारण रोगीको संख्या घटनुपर्नेमा उल्टै बढ्नका पछाडि मधुमेह नै मुख्य कारण हो,' उनले भनिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप