आईसीसी एकदिवसीय विश्वकप
सेमिफाइनल र फाइनलमा म्यान अफ द म्याच घोषित हुने चौथो खेलाडी बने हेड
सोमबार, ०४ मङ्सिर २०८०, ०६ : ३४
अहमदाबाद । अष्ट्रेलियाका ट्राभिस हेड सेमिफाइनल र फाइनल दुवैमा म्यान अफ द म्याचको अवार्ड जित्ने छनोट खेलाडीको सूचीमा परेका छन् । २०२३ मा ट्राभिस हेड पहिले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध र अहिले फाइनलमा भारत विरुद्ध म्यान अफ द म्याच बने ।
हेडको यो उपलब्धि अघि तीन खेलाडीले मात्रै हासिल गरेका थिए । यसअघि सन् १९८३ मा मोहिन्दर अमरनाथ, १९९६ मा अरविन्द डी सिल्भा र १९९९ मा शेन वार्न सेमिफाइनल र फाइनल दुवै खेलमा म्यान अफ द म्याच भए ।
यसअघि विश्वकपको फाइनल खेलमा शतक पूरा गर्ने खेलाडीको सूची यस्तो छ-
- सन् १९७५ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका कप्तान क्लाइभ लोयडले अस्ट्रेलियाविरुद्ध ८५ बलमा १०२ रन बनाएका थिए । यो खेल लर्ड्समा खेलिएको थियो ।
- सन् १९७९ को विश्वकपको फाइनल खेलमा वेस्ट इन्डिजका भिभियन रिचर्ड्सले इंग्ल्याण्डविरुद्ध १३८ रन बनाएका थिए । यो खेल पनि लर्ड्समै खेलिएको थियो ।
- सन् १९९६, लाहोर– श्रीलंकाका अरविन्द डी सिल्भाले फाइनलमा अस्ट्रेलियाविरुद्ध १०७ रन बनाएका थिए ।
- सन् २००३, जोहानेसबर्ग– अस्ट्रेलियाका कप्तान रिकी पोन्टिङले भारतविरुद्ध १४० रन बनाएका थिए ।
- सन् २००७, ब्रिजटाउन– अस्ट्रेलियाका खेलाडी एडम गिलक्रिस्टले श्रीलंकाविरुद्ध १४९ रन बनाएका थिए ।
- सन् २०११, वानखेडे– श्रीलंकाका खेलाडी महेला जयवर्धनेले भारतविरुद्ध शतक (१०३ रन) बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण