खाद्यले किन्न थाल्यो धान, पचास हजार मेट्रिक टनको लक्ष्य
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष ५० हजार मेट्रिक टन धान किन्ने लक्ष्य लिएको छ । जसअनुसार कम्पनीले खरिद प्रक्रिया सुरु गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र बार्दियाको राजापुरबाट धान खरिद प्रक्रिया सुरु भएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले देशभरका १० वटा जिल्लास्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ ।
कम्पनीका अनुसार झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालजन्ग, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट धान खरिद गर्नेछ । ‘सुदूरपश्चिम क्षेत्रमा धान भित्र्याइ सकेकाले त्यहाँबाट खरिद गर्ने प्रक्रिया सुरु गरेका हौँ,’ सुवेदीले भनिन्, ‘क्रमिक रूपमा पूर्वी क्षेत्रमा पनि धान खरिद गरिन्छ ।’
यो वर्ष कम्पनीले ५० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ । नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् । ‘कम्पनीले मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल खरिद गरिरहेको छ,’ उनले भनिन्, ‘मसिनो धानको मूल्य जिल्लास्तरका मूल्य निर्धारण समिति निर्धारण गरे अनुसार खरिद गर्ने छौँ ।’
कम्पनीले यो वर्ष मार्सी धान पनि खरिद गर्ने तयारी गरेको छ । जुम्लाबाट मार्सी धान खरिद गरिने न्यौपानेको भनाई छ । ‘यो वर्ष अपेक्षित रूपमा धान खरिद नभएपछि चामल पनि खरिद गर्ने छौँ ।’ उनले भनिन् ।
कम्पनीले गत वर्ष १ लाख ३४ हजार क्विन्टल मात्रै धान खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण