एमाले केन्द्रीय समिति बैठक : एक मात्र एजेन्डामा छलफल हुने
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बुधबार दिउँसो बस्दैछ । ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङ पुष्पलाल संवृद्धिका लागि सङ्कल्प यात्रा’ नामक अभियान एक मात्र छलफलको एजेन्डा रहेको छ ।
‘बुधबारको केन्द्रीय समिति बैठकमा छलफलको एक मात्र एजेन्डा छ । बैठकले झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको विस्तृत सेड्युल तय गर्छ’, एमाले उपमहासचिव विष्णु रिमालले भने ।
एमालेको पछिल्लो पटक कात्तिक २२ गते बसेको सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अभियान बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म हुने नेताहरूले बताएका छन् ।
मङ्सिर १४ बाट सुरु हुने अभियानले जनतासँग प्रत्यक्ष रूपमा हातेमालो गरेर अगाडि बढ्न थप सहजता प्रदान गर्ने एमालेले जनाएको छ । अभियानले मध्यपहाडी लोकमार्ग क्षेत्रका जनता र एमालेबिचको सम्बन्ध थप मजबुत र सुमधुर बनाउने उद्देश्य राखेको नेताहरूको भनाइ छ ।
सो पार्टीले २०७४ सालमा पनि यस्तै किसिमको अभियान ‘मेची–महाकाली’ अभियान चलाएको थियो । अभियानका क्रममा सप्तरीमा झडप भएपछि उक्त अभियान त्यहीबाट रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण