अस्ट्रेलियन राजदूतको उपस्थितिमा क्यान र एनएभीबिच सहकार्य सम्झौता
काठमाडौँ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने उद्देश्यसहित नेपाल क्रिकेट संघ (क्यान) र अस्ट्रेलियास्थित नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (एनएभी) बिच सहकार्य हुने भएको छ । यस विषयमा क्यान र एनएभीका प्रतिनिधिबिच मंगलबार समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।
समझारीपत्रमा क्यानको तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र एनएभीको तर्फबाट अध्यक्ष प्रेमराज उप्रेतीले हस्ताक्षर गरेका छन् । नेपालस्थित अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कको उपस्थितिमा सम्झौतापत्र आदान—प्रदान गरिएको हो ।
सम्झौता आदान—प्रदान कार्यक्रम नेपालस्थित अस्ट्रेलियन राजदूतावासमा भएको थियो । सम्झौतापछि नेपाली क्रिकेट र क्रिकेट खेलाडीको निरन्तर विकासमा एनभीएले आफ्नो स्तरबाट विभिन्न पक्षमा सहयोग सहयोग पुर्याउने छ ।
एनएभीले नेपाली क्रिकेट टोलीको सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप अभियानमा पनि आफ्नो स्तरबाट सहयोग पुर्याउने छ । नेपाल सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा छनोट भइसकेको छ ।
सम्झौता आदान—प्रदान कार्यक्रमका अवसरमा क्यानका अध्यक्ष चन्दले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको उपाधि अस्ट्रेलियन टोलीले जित्न सफल भएकोमा राजदूत भल्कलाई बधाइ पनि दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण