‘कार्साङ’मा शिल्पाको इन्ट्री
काठमाडौंँ । यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म हो,‘कार्साङ’ । फिल्म अहिले प्रि–प्रोडक्सनमा छ । यस्तैमा फिल्मको मुख्य भूमिकाको लागि अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । फिल्मको मुख्य कलाकारको रूपमा उनलाई अनुबन्धित गरेको निर्देशक शेर्पाले बताए ।
यसअघि फिल्मको मुख्य भूमिकाको लागि दयाहाङ राई, बुद्धि तामाङ, छिरिङ शेर्पा र सुरक्षा पन्त छानिएका थिए । शिल्पा अनुबन्धित भएसँगै फिल्ममा प्रमुख कलाकारको लाइनअप पुरा भएको निर्देशक शेर्पाले सुनाए ।
शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद छ । यसअघि शेर्पाले थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।
‘कार्साङ’ शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको हो । यार्सा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहने छ ।
फिल्मको केही दिनमै बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाङ्कन गरिने निमार्णपक्षले बताएको छ । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्मस्ले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण