कोशी प्रदेशसभा बैठक बस्दै
मङ्गलबार, ०५ मङ्सिर २०८०, १२ : १४
विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ ।
दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको हो । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । तर, कहिले ल्याउने भन्ने मिति तय भइसकेको छैन । स्रोतले दिएको जानकारी अनुसार शुक्रबारसम्ममा मन्त्रीपरिषद्बाट पारित गरेर प्रदेशसभामा बजेट पेस गर्ने सरकारको तयारी छ ।
यसअघि प्रदेशसभाको बैठक कार्तिक २३ गते बसेर स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण