अर्काको घर बिगार्छन् करण जोहर ?
नयाँ दिल्ली । करण जोहरको च्याट शो कफी विथ करण प्रायः विवादमा आइरहन्छ । कहिले अतिथिको अभिव्यक्तिका कारण त कहिले जोहरको प्रश्नका कारण पनि शोबारे नकारात्मक टीकाटिप्पणी भइरहने गर्दछ । शोको आगामी एपिसोडमा जोहरको ‘स्टुडेन्ट अफ दि इयर’ बाट बलिउड डेब्यू गरेका सिद्धार्थ मल्होत्रा र वरुण धवन सँगसँगै आउँदै छन् ।
भर्खरै सार्वजनिक भएको शोको पाँचौँ एपिसोडको प्रोमोमा करणले सिद्धार्थ र वरुण दुबैलाई प्रश्न सोधिरहेको देखिन्छन् । उता सिद्धार्थ र वरुणले पनि करणलाई प्रश्न सोधेका छन् । करणले विवादको सुरुआत कसरी गर्छ, यसबारे कुरा गर्दै वरुणले भनेका छन्, ‘मेरो पिताले फिल्ममा शादीराम घरजोडे नामका पात्रको भूमिका गरेका थिए । त्यस्तै करण जोहर ‘घर तोड्ने’ पात्र हुन् ।
लगत्तै वरुणले करण अरूको घर बिगार्ने काम गरेको बताएका थिए । एउटा रमाइलो सेग्मेन्टमा वरुण र सिद्धार्थ दुवैले जोहरलाई प्रश्न सोधेका थिए, ‘तपाई सलमान खानलाई कुनै फिल्मका लागि कसरी मनाउनु हुन्छ ?’ यस प्रश्नको जवाफ दिँदै करणले भनेका थिए, ‘भिख माग, उधारो लिउ, चोरी गर ।,’
कफी विथ करणको यो सिजनको पहिलो एपिसोडमा रणबीर कपुर र दीपिका पदुकोण आएका थिए । सो एपिसोड प्रसारण भएपछि दुबै जना निकै ट्रोल भए । सो एपिसोड आएपछि धरैले करणलाई अर्काको घर बिगार्ने व्यक्ति भन्दै आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण