बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत
मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : ००

बर्दिया । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गेरुवा गाउँपालिका-६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलले भन्यो–सेयर धनी परिवर्तनले हाम्रो सेवा र सुविधामा अवरोध हुँदैन
-
सोती घटना : थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा