सङ्क्रमण र अस्थिरताका कारण देशमा अराजकता निम्तिएको छः प्रदेश प्रमुख शर्मा
हेटौँडा । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली समाज अराजकतातर्फ गइरहेको बताएका छन् । मंगलबार हेटौँडामा आयोजित प्रदेश लोक सेवा आयोगको चौथो बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शर्माले देशमा भइरहेको सङ्क्रमणकालीन अवस्थाले अस्थिरतालाई निम्ता दिएको र सो अस्थिरताबाट समाजमा अराजकता सृजना भएको बताए ।
उनले राजनीति र प्रशासनका लागि सङ्क्रमण र अस्थिरता हानिकारक हुने बताए । अराजकताका कारण राज्यका संरचनाहरू कमजोर बन्ने र देश सङ्कटमा फस्ने भएकाले बेलैमा समस्या समाधानमा जुट्नु पर्ने उनले बताए ।
‘राजनीति र प्रशासनमा सङ्क्रमण राम्रो मानिन्न । तन्किरहेको सङ्क्रमणले अस्थिरता जन्मन्छ । अस्थिरताले अराजकता । अहिले समाज अहिले अराजकतातिर गइरहेको छ,’ उनले भने, ‘अराजकताले राज्यका संरचना कमजोर बन्छन् र देशमा संकट निम्त्याउँछ । उक्त सङ्कटको अन्त्यका लागि बेलैमा समाधान गर्नुपर्छ । त्यसका लागि समस्याहरू भित्र समाधान खोज्न जरुरी रहेको छ ।’
समाजको विकास क्रमसँगै विकृतिहरू निम्तिएकाले हाल देशमा विकृतिको पराकाष्ठाका रूपमा भ्रष्टाचारको कायम भएको र त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । उनले प्रदेश लोक सेवा आयोगले निष्पक्ष र स्वतन्त्र रूपमा काम गरेर देशको पद्धतिलाई जोगाउने काम गरेको बताए । आयोगमा पनि केही समस्याहरू भएकाले त्यसको सुधारसँगै व्यवस्थापनमा अग्रसर हुनुपर्ने उनले बताए ।
‘अहिले नियुक्त भए लगत्तै सरुवा माग्ने कर्मचारीहरूको लर्को छ । यो गलत हो । त्यसलाई आयोग र सरकारको समन्वयमा समाधान गर्नुपर्छ । आयोगको सहमतिमा मात्र सरुवा हुने व्यवस्था गर्ने हो भने उक्त समस्या समाधान हुन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण