बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच छलफल
मङ्गलबार, ०५ मङ्सिर २०८०, १९ : ५१
काठमाडौँ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताहरुबिच छलफल भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको हो ।
छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरूले शान्ति सम्झौताका बाँकी काम छिटो टुंग्याउने सहमति जनाएको बताइएको छ । मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण