सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबिच छलफल

मङ्गलबार, ०५ मङ्सिर २०८०, १९ : ५१
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताहरुबिच छलफल भएको छ । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको हो ।

छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरू मध्यका तीन जना शीर्ष नेताहरूले शान्ति सम्झौताका बाँकी काम छिटो टुंग्याउने सहमति जनाएको बताइएको छ । मंगलबार शान्ति प्रक्रियाको १७ वर्ष पुगेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप