सात दिनभित्र सडक बत्तीको महसुल तिर्न प्राधिकरणको निर्देशन
बुधबार, ०६ मङ्सिर २०८०, ०७ : ४३
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।
आज एक सूचना जारी गर्दै सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई बाँकी बक्यौता भूक्तान नगरे स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्रधिकरणको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण