आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

बुधबार, ०६ मङ्सिर २०८०, १० : ४६
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौं । केन्द्रीय बैंकले आपतकालीन रुपमा बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल (प्रतिस्पर्धात्मक प्रणाली) मार्फत बैंकले १० अर्ब रुपैयाँ सापट लिने भएको हो । 
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मंसिर ६ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । 
निक्षेपको साँवा ब्याज भुक्तानी २०८० मंसिर १३ गते हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप