लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन चौतर्फी प्रहार हुँदैछ : सभापति बानियाँ
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन चौतर्फी प्रहार भएको बताएका छन् ।
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए) को ३४ औँ साधारण सभामा उनले मुलुकको लोकतन्त्रलाई थप सशत्त बनाउन तथा अदालतको प्रक्रियालाई थप जिम्मेबार बनाउन लाग्नुपर्ने जनाए ।
कांग्रेसलाई थप बलियो बनाउन आफूहरुले नयाँरुपमा नयाँ–पुस्तालाई तयार पार्न जिम्मेवार हुनुपर्ने बताए । कांग्रेस निकट डीएलएले पार्टीका विधि–विधान तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन उनले आग्रह गरे ।
बानियाँले भने, ‘लोकतन्त्रलाई थप बिलयो बनाउन हामीले पार्टी भित्रै अनुशासित वातावरण निर्माण गर्न कानुनी शुसासन तथा सवल र सक्षम बनाउन लाग्न पर्छ ।’
यस्तै उनले मुलुकको विकासका लागि आवश्यक रुपमा कांग्रेसलाई अग्रसर बनाउन पार्टीले गठबन्धन गरेको बताए । शान्ति प्रक्रिया मान्ने हो भने गठबन्धनलाई समेत मान्न पर्ने बानियाँको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण