बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन चौतर्फी प्रहार हुँदैछ : सभापति बानियाँ

बुधबार, ०६ मङ्सिर २०८०, १३ : ३१
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन चौतर्फी प्रहार भएको बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए) को ३४ औँ साधारण सभामा उनले मुलुकको लोकतन्त्रलाई थप सशत्त बनाउन तथा अदालतको प्रक्रियालाई थप जिम्मेबार बनाउन लाग्नुपर्ने जनाए ।
कांग्रेसलाई थप बलियो बनाउन आफूहरुले नयाँरुपमा नयाँ–पुस्तालाई तयार पार्न जिम्मेवार हुनुपर्ने बताए । कांग्रेस निकट डीएलएले पार्टीका विधि–विधान तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन उनले आग्रह गरे । 

बानियाँले भने, ‘लोकतन्त्रलाई थप बिलयो बनाउन हामीले पार्टी भित्रै अनुशासित वातावरण निर्माण गर्न कानुनी शुसासन तथा सवल र सक्षम बनाउन लाग्न पर्छ ।’

यस्तै उनले मुलुकको विकासका लागि आवश्यक रुपमा कांग्रेसलाई अग्रसर बनाउन पार्टीले गठबन्धन गरेको बताए । शान्ति प्रक्रिया मान्ने हो भने गठबन्धनलाई समेत मान्न पर्ने बानियाँको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप