रुपन्देहीको सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु
बुटवल । रुपन्देहीको सैनामैनामा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । आर्थिक विकासको राष्ट्रिय आधार: कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ बुधबारदेखि छैटौँ राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको हो ।
महोत्सवले सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवर्द्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै लोक संस्कृतिको जगेर्ना गर्न सघाउ पुग्ने आयोजकले विश्वास लिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ३ मुर्गियाको पुरानो हाटबजार तथा दुर्गामन्दिर परिसरमा सुरु भएको महोत्सवको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उद्घाटन गरे ।
शर्माले सैनामैना औद्योगिक व्यापार महोत्सवले यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको अवस्था जटिल रहेको बेला सैनामैनामा सुरु भएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउन सहयोग पुग्ने बताए ।
सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवबाट स्थानीय उपभोक्ताले सस्तोमा विविध सामान खरिद विक्रीको अवसर प्राप्त गर्ने, उद्योगी व्यवसायीले आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने अवसर पाउने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण