चार महिनामा १३ अर्ब बढीको खाद्यान्न आयात

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा १३ अर्ब १६ करोड ४१ लाख ७० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।
चार महिनामा मात्रै भारत, चीनबाट ७९ हजार ७ सय टन धान आयात भएको छ । सो बापत करिब ३ अर्ब रुपैयाँ बाहिरिएको छ ।
यस्तै, ब्राउन राइस, बासमती लगायत तयारी चामल चीन, भारत, थाइल्यान्ड लगायत राष्ट्रबाट ३३ हजार टन भित्रिएको छ । ३ अर्ब बढी रुपैयाँको तयारी चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, मकैको पिठो, गहुँको पिठो, फापर, जुनेलो र अन्य खाद्यान्न पाँच हजार आठ सय टन भित्रिएको छ । २९ करोड बढी रुपैयाँ खर्च भएको छ । चार महिनामा आलु, भटमास, विभिन्न तयारी खाद्यान्न २७ हजार बढी टन आयात भएको देखिन्छ । सो बापत करिब ५ अर्ब हाराहारीमा रुपैयाँ बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन