बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

१५ जना एसएसपीको सरुवा

बिहीबार, ०७ मङ्सिर २०८०, २० : ०९
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । गृह मन्त्रालयले १५ जना एसएसपीहरुको सरुवा गरेको छ । बिहीबार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गोपाल चन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा काज सरुवा गरिएको छ । दिपक रेग्मीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कास्की, दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । 

विनोद घिमिरेलाई उपत्यका प्रहरी कार्यालयमा र सञ्जीव शर्मा दासलाई प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ । सुदर्शन प्रसाद कोइरालालाई प्रदेश समन्वय निर्देशनालय, सुरेन्द्र बहादुर गुरुङलाई नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्ज र  हिमालय श्रेष्ठलाई  बुटवल तालिम केन्द्रमा सरुवा गरिएको छ । यसअघि काज गरिएको काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका एसएसपीहरुको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

pp1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप