१५ जना एसएसपीको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले १५ जना एसएसपीहरुको सरुवा गरेको छ । बिहीबार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गोपाल चन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा काज सरुवा गरिएको छ । दिपक रेग्मीलाई नेपाल प्रहरी प्रदेश कार्यालय कास्की, दिलिप सिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
विनोद घिमिरेलाई उपत्यका प्रहरी कार्यालयमा र सञ्जीव शर्मा दासलाई प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ । सुदर्शन प्रसाद कोइरालालाई प्रदेश समन्वय निर्देशनालय, सुरेन्द्र बहादुर गुरुङलाई नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्ज र हिमालय श्रेष्ठलाई बुटवल तालिम केन्द्रमा सरुवा गरिएको छ । यसअघि काज गरिएको काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका एसएसपीहरुको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण