युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश
गाजा । इजरायल र हमासबिच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन् ।
प्यालेस्टिनी सुरक्षा स्रोतले नाम नछाप्ने शर्तमा बताएअनुसार इन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।
योसँगै गाजा पट्टी र इजिप्ट बिचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ । हमासले प्रेस विज्ञप्तिमा भनेको छ, "युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।"
यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबिचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण