आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

शुक्रबार, ०८ मङ्सिर २०८०, २१ : १२
शुक्रबार, ०८ मङ्सिर २०८०

गाजा । इजरायल र हमासबिच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतले नाम नछाप्ने शर्तमा बताएअनुसार इन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन् ।

योसँगै गाजा पट्टी र इजिप्ट बिचको विवादित भूमि पार हुँदै  अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ ।  हमासले प्रेस विज्ञप्तिमा भनेको छ, "युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।"

यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबिचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ ।-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप