भुटानसँग नेपाललाई साढे २७ करोड व्यापार घाटा

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमा भुटानसँगको व्यापारमा नेपालले करोडौं घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले भुटानसँग २७ करोड ५७ लाख रुपैयाँले घाटा बेहोरेको हो ।
यस अवधिमा नेपालले भुटानबाट ४५ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जबकि, सोही समयमा नेपालबाट भुटानतर्फ १७ करोड ७६ लाख रुपैयाँको निर्यात गरेको छ । नेपालले भुटानबाट ठुलो मात्रामा औद्योगिक कच्चा पदार्थको आयात गर्छ ।
कात्तिकसम्मको अवधिमा सिमेन्ट उद्योगमा प्रयोग हुने जिप्समको आयातमा ४३ करोड ९६ लाख रुपैयाँ बाहिरिएको छ । नेपालले भुटानबाट सबैभन्दा धेरै आयात गर्ने वस्तु नै यही हो । यसबाहेक, प्लास्ट्र्स, अगरबत्ती र काठबाट बनेका वस्तुको आयात गर्छ ।
नेपालबाट भने भुटानतर्फ पास्ता, कुरकुरे, कुरमुरे, लेज र चिजबल्स, फलामेरडको कच्चा पदार्थ, गार्मेन्टका सामाग्री लगायतका वस्तुको निर्यात हुन्छ । यसमध्ये पास्ता र औद्योगिक कच्चा पदार्थ भुटानतर्फ निर्यात हुने मुख्य वस्तु हुन् । यस्तै, सुन र चाँदीबाट बनेका गरगहना समेत भुटानतर्फ निर्यात हुन्छ ।
साङ्गीतिक वस्तु र पेन्टिङ्स लगायतका वस्तुको निर्यात समेत भुटानतर्फ हुने गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म
-
किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला
-
आईपीएल : मुम्बईले राजस्थानसामु दियो २१८ रनको लक्ष्य
-
जलवायु परिवर्तनलाई सम्बोधन गर्न नेपाललाई विश्वकै साथ चाहिन्छ : उपराष्ट्रपति यादव
-
धनुषामा ट्याक्टरसहित ३ जना नियन्त्रणमा
-
यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची