भुटानसँग नेपाललाई साढे २७ करोड व्यापार घाटा
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमा भुटानसँगको व्यापारमा नेपालले करोडौं घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा नेपालले भुटानसँग २७ करोड ५७ लाख रुपैयाँले घाटा बेहोरेको हो ।
यस अवधिमा नेपालले भुटानबाट ४५ करोड ३३ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जबकि, सोही समयमा नेपालबाट भुटानतर्फ १७ करोड ७६ लाख रुपैयाँको निर्यात गरेको छ । नेपालले भुटानबाट ठुलो मात्रामा औद्योगिक कच्चा पदार्थको आयात गर्छ ।
कात्तिकसम्मको अवधिमा सिमेन्ट उद्योगमा प्रयोग हुने जिप्समको आयातमा ४३ करोड ९६ लाख रुपैयाँ बाहिरिएको छ । नेपालले भुटानबाट सबैभन्दा धेरै आयात गर्ने वस्तु नै यही हो । यसबाहेक, प्लास्ट्र्स, अगरबत्ती र काठबाट बनेका वस्तुको आयात गर्छ ।
नेपालबाट भने भुटानतर्फ पास्ता, कुरकुरे, कुरमुरे, लेज र चिजबल्स, फलामेरडको कच्चा पदार्थ, गार्मेन्टका सामाग्री लगायतका वस्तुको निर्यात हुन्छ । यसमध्ये पास्ता र औद्योगिक कच्चा पदार्थ भुटानतर्फ निर्यात हुने मुख्य वस्तु हुन् । यस्तै, सुन र चाँदीबाट बनेका गरगहना समेत भुटानतर्फ निर्यात हुन्छ ।
साङ्गीतिक वस्तु र पेन्टिङ्स लगायतका वस्तुको निर्यात समेत भुटानतर्फ हुने गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण