शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र कास्कीबाट १२ जना जुवाडे पक्राउ

शनिबार, ०९ मङ्सिर २०८०, १३ : ४९
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौँ र कास्कीबाट १२ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका हुन् । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ । 

उता कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतीक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप