काठमाडौँ र कास्कीबाट १२ जना जुवाडे पक्राउ
काठमाडौँ । जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौँ र कास्कीबाट १२ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१६ नयाँबजारस्थित सर्फेस नेपाल ट्राभल एण्ड टुर प्रालिको पार्किङतर्फ रहेको खाली स्थानमा जुवातास खेलिरहेको अवस्थामा ४ जना शुक्रबार साँझ पक्राउ परेका हुन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका-४ घर भएका ५६ वर्षीय जस बहादुर तामाङ समेत ४ जनालाई नगद २९ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
उता कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रज्वल प्रतीक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना शुक्रबार राति पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा खाजा घरका सञ्चालक पर्वत कुश्मा नगरपालिका-१३ घर भएका ४५ वर्षीय प्रेम बहादुर कार्की समेत ८ जनालाई नगद १ लाख ५ हजार ५ सय ६० रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण