डिभिजन वन कार्यालय बाराका प्रमुख सिंह सम्मानित
रौतहट । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद कुमार सिंहलाई वन संरक्षणमा योगदान पुर्याएकोमा सम्मान गरिएको छ । नेपाल वन प्राविधिक संघद्वार काठमाडौँको बबरमहलमा शनिवार आयोजित कार्यक्रममा वन संरक्षण र व्यवस्थापनमा खेलेको भूमिकाको उच्च कदर गर्दै उपराष्ट्रपति रामसहाय यादव र सङ्घका अध्यक्ष किरण पौडेलले सम्मानित गरेका थिए।
सङ्घको साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति यादव र सङ्घका प्रमुख पौडेलले डिभिजन प्रमुख सिंहलाई दोसाल्ला ओढाएर कदर पत्र बाट सम्मानित गरेका थिए। कार्की बैङ्कमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवका साथै वन मन्त्रालयका सचिव नेपाल वन प्राविधिक सङ्घका पदाधिकारीहरू, लगायत नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूको सहभागिता रहेको थियो।
डिभिजन प्रमुख विनोद कुमार सिंह यसअघि रौतहट डिभिजन वन कार्यालयको प्रमुख हुँदा अवैध चोरी कटानी तथा काठ तस्करी तुलनात्मक रूपमा न्यून रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण