शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अभिताभ बच्चनले छोरीलाई दिए ५० करोड भारुको बंगाला

आइतबार, १० मङ्सिर २०८०, १२ : ०८
आइतबार, १० मङ्सिर २०८०

नयाँ दिल्ली । हिन्दी सिनेमाका सुपरस्टार अभिताभ बच्चनले जुहुस्थित बंगला ‘प्रतीक्षा’ आफ्नी छोरी श्वेता नन्दाको नाममा गरिदिएका छन् । समाचारहरूका अनुसार १६ हजार ८४० वर्ग फिटमा फैलिएको सो भवनको मूल्य ५० करोड ६३ लाख भारु छ । बिग बिसँग मुम्बईमा प्रतीक्षाबाहेक अरू चार वटा बंगला पनि छन् । 

बलिउडमा संघर्षका दिनमा अमिताभ कमेडियन महमूदका घरमा बस्थे । त्यति बेला उनीसँग बस्नका लागि घर थिएन । आज उनै बिग बि प्रतीक्षा, जलसा, जनक, वत्स र आशियाना गरी ५ बंगलाका मालिक बनेका छन् ।

अभिताभले सुरुमा किनेको बंगला हो प्रतीक्षा । उनले सन् १९७५ मा ८ लाख भारुमा सो भवन किनेका थिए । वर्षौँसम्म उनी यही घरमा बसे । ऐश्वर्य र अभिषेकको बिहे पनि सोही घरबाट भएको थियो । 

प्रतीक्षासँग टाँसिएको जलसा बंगलामा अहिले  बच्चन परिवार बस्छन् । यो घरको मूल्य भने १ अर्ब १२ करोड भारु भएको बताइएको छ । सो घर सन् १९८२ मा सत्ते पे सत्ताको सफलतापछि निर्देशक रमेश सिप्पीले अभिताभलाई उपहारमा दिएका थिए । जलसा नजिक रहेको जनक बंगलामा बिग बीको अफिस छ । वत्सलाई भने उनले एउटा बैकलाई भाडामा दिएका छन् ।

screenshot-2023-11-25-175554_1700915229

३३ अर्ब ९० करोडका मालिक बिग बि

अभिताभको कूल नेटवर्थ करिब ३३ अर्ब ९० करोड भारु छ । सन् १९६९ मा आएको उनको पहिलो फिल्मका लागि बिग बीले ५ हजार भँरु पाएका थिए । यसपछि लगातार उनको आठ ओटा फिल्म फ्लप भयो । सन् १९७३ मा आएको फिल्म जञ्जिरबाट उनको भाग्य चम्कियो । त्यसपछि उनले एकपछि अर्को अनेकौँ हिट फिल्म दिए । अनि आफ्नो पालाको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बने । 

शोलेमा जयको पात्रका लागि उनले एक लाख भारु  पाएका थिए । पाँच वर्षपछि शानसम्म पुग्दा पारिश्रमिक बढेर ९ लाख भारुमा पुग्यो । सन् १९९६ मा खुदा गवाह पछि उनको फिस बढेर ३ करोड पुग्यो । फिल्म उद्योगमा ५४ वर्ष बिताइसकेका उनी भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारमा पर्छन् । एउटा फिल्म खेलेको उनी १५ देखि २० करोड भारु पारिश्रमिक बुझ्छन् । अहिले कौन बनेगा करोडपछिको एक सिजनबाटै अभिताभले ७० करोड भारु कमाइरहेका छन् ।   

बच्चन परिवारका अन्य सदस्यहरू पनि करोडौँका मालिक छन् । अभिताभकी श्रीमती जयासँग १० अर्ब भन्दा बढीको सम्पत्ति छ । उनीसँग गरगहना मात्रै ६२ करोडको छ । छोरा अभिषेक बच्चनभन्दा धनी बुहारी ऐश्वर्य राय धनी छिन् । ऐश्वर्याको नेटवर्थ ८ अर्ब २८ करोड भारु छ भने अभिषेकको २ अर्ब ६ करोड भारु छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप