धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी सुरु भएको छ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्तरुपमा आयोजित उक्त गोष्ठीमा दस जिल्लाका प्रहरी प्रमुख, अपराध अनुसन्धान अधिकृत र जिल्ला न्यायधिवक्ताको सहाभागिता रहेको छ ।
गोष्ठीमा साइबर अपराधको विद्यमान अवस्था, अनुसन्धानका चुनौती तथा बागमती प्रदेशमा अपराधको प्रवृति र अपराधमा प्रविधिको प्रयोगलगायत विषयमा अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने निकायबीच छलफल हुने जनाइएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दीपक रेग्मीले प्रविधिका कारण अपराधको प्रवृत्ति फरक बन्दै गएकाले उक्त चुनौतीलाई सामना गर्नसक्ने अनुसन्धानबारे वृहत छलफल हुने बताए ।
उनका अनुसार अपराध अनुसन्धानमा कानुनी अड्चनका विषयमासमेत प्रस्तुति एवं गहन छलफल हुने छ । मन्त्रालयका सचिव ध्रुव गैँडाले नेपाल प्रहरी नागरिकमैत्री भएका कारण प्रहरीप्रति जनताको विश्वास बढेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही वर्षदेखि अपराधको प्रवृत्ति फेरिएको उल्लेख गर्दै अपराध अनुसन्धान र सुरक्षाबीचको सम्बन्धमा दरार उत्पन्न गराउन नहुने बताए ।
उनले भने, “कतिपय साइबरसम्बन्धी अपराध अनुसन्धान गर्न अन्तरदेशीय निकायको समेत सहयोगको आवश्यकता परेको छ, यसका लागि विभाग चनाखो छ ।” प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणका विषयमा भएका अप्ठ्यारालाई गोष्ठीमार्फत निराकरणको बाटो खुल्ने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण