आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चार महिनामा नेपालीले खाए १२ अर्बको आयातित तरकारी

आइतबार, १० मङ्सिर २०८०, १४ : २६
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा झन्डै १२ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा नेपाली उपभोक्ताले ११ अर्ब ८७ करोड २३ लाख २० हजार रुपैयाँको तरकारी उपभोग गरेका हुन् ।

विभागका अनुसार चार महिनामा नेपालले ११ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात हुँदा  ४२ करोड ८९ लाख रुपैयाँको मात्रै नेपालबाट निर्यात भएको छ । ११ अर्ब ४४ करोड रुपैयाँको तरकारीमा नेपालको व्यापार घाटा भएको विभागले उल्लेख गरेको छ । 

चार महिनामा तरकारी आयात–निर्यात गर्दा नेपालले २ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले उल्लेख गरेको छ । 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप